निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत हुने गरी स्थानीय तहका केही जनप्रतिनिधिहरू राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी गुनासोपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आइतबार (फागुन १०) विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागु गरिएको र यसको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको जनाएको छ ।

पालिका प्रेस
थप जानकारी