मकवानपुर जिल्लाको ९ वटा पालिकाहरुमा ८ चैत्रबाट कक्षा ८ को पालिकास्तरीय परीक्षा सुरु भएको छ । मकवानपुरको बकैया गाउँपालिका बाहेकका ९ वटा पालिकामा पालिकास्तरीय वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा १६ चेत्रसम्म सञ्चालन हुनेछन् । बकैया गाउँपालिकामा भने गएको ५ दचैत्रबाटै पालिकास्तरीय परीक्षा सुरु भइसकेको
छ ।
८ चैत्रबाट परीक्षा सुरु भएका पालिकाहरुमा हेटौँडा उपमहानगरपालिकासहित थाहा नगरपालिका, बागमती, इन्द्रसरोवर, मकवानपुरगढी, मनहरी, भीमफेदी, राक्सिराङ र कैलाश गाउँपालिका रहेका छन् । सबै विद्यालयहरुले पालिकाको क्यालेण्डर र निर्णय अनुसार परीक्षा सञ्चालन गरेको पालिकाका शिक्षा शाखा प्रमुखहरुले बताएका छन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भने चैत १९ गतेबाट सञ्चालन हुनेछ ।
मकवानपुर जिल्लाबाट एसईईमा ७ हजार १ सय ९२ विद्यार्थी सहभागी हुने छन् । यस वर्षको एसईईमा ५ हजार ५ सय २७ जना नियमित तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना सहभागी हुनेछन् । यीमध्ये प्राविधिक धारतर्फ १ सय ७५ जना नियमित र ग्रेडवृद्धिका ८८ गरी कुल २ सय ६३ जना एसईई परीक्षामा सामेल हुनेसमेत इकाईले जनाएको छ ।















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्