मकवानपुरको राक्सिराङ गाउँपालिकाका ९ वटा विद्यालयमा महिला प्रधानाध्यापक कार्यरत छन् । पालिकामा रहेका ५० वटा सामुदायिक विद्यालयमध्ये ३ वटा मावि, ६ वटा आधारभूत विद्यालयमा महिला प्रधानाध्यापक रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पंकस थारुले जानकारी दिए ।

राक्सिराङ गाउँपालिकामा ५ वटा माध्यमिक विद्यालय छन् । राक्सिराङ गाउँपालिका–३ स्थित सूर्योदय माध्यमिक विद्यालयमा लिला तितङु, राक्सिराङ गाउँपालिका– ५, चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा शर्मिला पौडेल र राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा लालमाया प्रजा प्रधानाध्यापक छिन् ।

यस्तै राक्सिराङ–१ स्थित आधारभूत विद्यालयमा लक्ष्मी थिङ, बालजागृति प्राथमिक विद्यालयमा रत्ना उप्रेती, राक्सिराङ–५ स्थित नवजीवन प्राथमिक विद्यालयमा तुलसी बर्तौला, राक्सिराङ–६ स्थित जनसेवा प्राथमिक विद्यालयमा सविता भट्ट, राक्सिराङ–७ स्थित सातकन्या प्राथमिक विद्यालयमा अनुराधा चौधरी र प्राथमिक विद्यालय सिमलटारमा मिठु लामिछाने रहेकी छिन् ।

पालिका प्रेस
थप जानकारी