मकवानपुर थाहा नगरपालिकामा २१ वैशाखमा सार्वजनिक विदा हुने भएको छ । थाहा नगरपालिकाको १६ वैशाखमा भएको कार्यपालिका बैठकले निर्णय गरी बज्रवाराही (अजिमा) तीनवर्षे जात्राको अवसरमा विदा दिने निर्णय गरेको हो ।

थाहा नगरपालिकाले सँस्कृतिक पर्व मेला संरक्षण अभियान अन्तर्गत विदा दिइएको हो ।

थाहा नगरपालिकाले यसअघि तीनवर्षे जात्रामा पनि सार्वजनिक विदा दिएको थियो ।

पालिका प्रेस
थप जानकारी