सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअनुसार मकवानपुरको थाहा नगरपालिकाबाट राहदानी वितरण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानीका लागि सबै प्रक्रिया पूरा गरीसकेका थाहानगरका व्यक्तिको राहदानी नगरपालिकाबाटै वितरण भइरहेको छ । थाहा नगरपालिकाको एमआइएस शाखाबाट राहदानी वितरण भइरहेको शाखा प्रमुख रुपक कार्कीले जानकारी दिए ।

छपाइपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आएको राहदानी थाहा नगरपालिकामा प्राप्त भई नगरबाटै राहदानी वितरणका काम भइरहेको शाखा प्रमुख कार्कीले जानकारी दिए । ‘पालिकामा ७५ वटा जति राहदानी आइसकेका छन् बुझन आउन अनुरोध गर्दछु’ कार्कीले भने–‘रहदानी बुझ्न आउँदा सम्बन्धीत व्यक्तिले नागरिकता वा सरकारी कार्यालयबाट जारी परिचय खुल्ने कागजात लिएर नगरपालिकामा आउनुपर्नेछ ।’

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरको व्यवस्थापनमा हुलाक सेवा मार्फत पनि उक्त सेवा सुरु भएको जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी