पालुङमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सरुवा भई प्रहरी निरीक्षक (इन्सपेक्टर) गोबिन्द प्रसाद भण्डारी आउने भएका छन् । पालुङका इन्सपेक्टर रक्शा बज्राचार्य मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर ३ अमेरिका, क्यानडा, अष्ट्रेलिया र युरोपमा सरुवा भएकी छिन् । बज्राचार्य २०८२ असोज २८ गते नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय काश्कीबाट सरुवा भई आएकी हुन् ।

पालुङमा प्रहरी प्रमुख भएर आउने भण्डारी र सरुवा भई जाने बज्राचार्य दुवैको २०८३ जेठ २७ गतेको निर्णय अनुसार सरुवा भएको हो । उनीहरुसहित नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को एकसाथ सरुवा गरिएको गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आगामी महिना असार महिनाको तलव भत्ता समेत सरुवा भएकै कार्यालयबाट खानेगरी सरुवा गरेका हो।

पालिका प्रेस
थप जानकारी