रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि हेटौँडा २ मा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ८२ हजार १३० रुपैयाँ सहयोग गरेको छ ।

संस्थाको मिति २०८३ भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गत भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपद् प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्ने उद्देश्यले संस्थाले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

सहकारीका अनुसार उक्त सहयोग रकममध्ये शेयर सदस्यहरूबाट प्रतिव्यक्ति २० रुपैयाँका दरले ५३ हजार ६२० रुपैयाँ, कर्मचारीको दुई दिनको तलबबापत १४ हजार ९१० रुपैयाँ तथा सञ्चालक तथा लेखासुपरिवेक्षण समितिको एक बैठक भत्ताबापत १३ हजार ६०० रुपैयाँ संकलन गरिएको छ।

पालिका प्रेस
थप जानकारी