मकवानपुर थाहा नगरपालिकामा क्रियाशील लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १ हजार लिटर क्षमताका दुई वटा पानी ट्याङ्की सहयोग गरेको छ ।

स्वास्थ्य केन्द्रको परिसरमा ५ असोजमा आयोजित कार्यक्रममा लायन्स वर्ष २०२६ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर बिष्टले स्वास्थ्य केन्द्रका प्रमुख डा. जोनशन गहतराजलाई ट्याङ्की हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य केन्द्रमा पानी संकलन कार्यलाई सहज बनाउनका लागि सहयोग गरिएको लायन्स क्लबले जनाएको छ । दुई वटा ट्यङ्कीबाट स्वास्थ्य केन्द्रमा पानीको भण्डारण तथा नियमित आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा थाहा–४ का वडा अध्यक्ष नारायण लामा, लायन्स क्लब अफ पिस थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, पूर्व अध्यक्ष उद्धव विडारी, लियो क्लब थाहाका अध्यक्ष स्मिता बिष्ट, स्वास्थ्य केन्द्रका डा. समाज गोपाली, स्वास्थ्यकर्मी तथा लायन्स क्लब थाहाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी