राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सम्भावनायुक्त पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकताका साथ लगानी गर्नुपर्ने माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सांसद उप्रेतीले पर्यटनलाई देशको आम्दानीको महत्वपूर्ण आधारकारुपमा सरकारले अघि बढाइरहेको अवस्थामा मकवानपुरका पर्यटकीय गन्तव्यको विकासमा पर्याप्त ध्यान दिनुपर्ने बताएका छन् ।

उनले मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत रहेका इन्द्रसरोवरको मार्खु, भीमफेदीको सुपिङ, मकवानप गढीको बुढीचौर तथा गढीदर बार लगायत क्षेत्रलाई पर्यटन विकासका दृष्टिले महत्वपूर्ण गन्तव्यकारुपमा उल्लेख गरे । त्यसैगरी मनहरीको पर्सा राष्ट्रिय निकुञ्ज, थाहा नगरपालिकाको चित्लाङ, दामन र सीमभञ्ज्याङलगायत क्षेत्र पनि पर्यटनको प्रचुर सम्भावना बोकेका गन्तव्य रहेको उनको भनाइ थियो । सांसद उप्रेतीले सरकारले यी क्षेत्रमा तुलनात्मकरुपमा थोरै लगानी र प्राथमिकता दिएमात्रै पनि मुलुकले पर्यटनबाट आम्दानी बढाउने तथा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताएका छन् ।

‘मकवानपुरका यी पर्यटकीय गन्तव्यमा सरकारले थोरै लगानी ग¥यो अथवा प्राथमिकतामा राख्यो भने पर्यटनबाट आम्दानी बढाउने र पर्यटक भित्र्याउने सर कारको लक्ष्य पूरागर्न यी गन्तव्यले महत्वपूर्ण सहयोग गर्न सक्छन्,’ उप्रेतीले भने । मकवानपुरका पर्यटकीय क्षेत्र मौसम तथा भौगोलिक अवस्थाका हिसाबले समेत विविधतायुक्त रहेको उल्लेख गर्दै उनको यहाँको जलवायु विविधतालाई पर्यटन विकाससँग जोड्नुपर्नेमा जोड दिए । सरकारले पर्यटन विकासका लागि प्राथमिकता निर्धारण गर्दा मकवानपुरका यी क्षेत्रलाई समेटेर आवश्यक बजेट तथा कार्यक्रम सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।

पालिका प्रेस
थप जानकारी