‘जग्गा भएका तर घर नभएकालाई नगरपालिकाले ३ लाख रुपैयाँ दिएर घर बनाउन लगाएका छौं,’ पौडेलले भने, ‘जग्गा पनि नभएका सुकुम्बासीलाई भने ३ लाख अनुदान दिएर जग्गासमेत खोज्न लगायौं ।’ एक लाखमा जग्गा खोजेपछि २ लाखले छाप्रो बनाउन लगाइएको उनले बताए ।

अभियानमा नगरपालिकाले १ सय ५ जना घरविहीनलाई अनुदान दिएको हो । उनीहरूमध्ये अधिकांश घर बनाउने क्रममा रहेको योजना अधिकृत प्रेमप्रसाद सापकोटाले बताए । ‘घरविहीनको अभिभावक नगरपालिका बन्ने नीतिअनुसार उनीहरूको घर बनाउने र व्यवस्थापनमा साथ दिएका हौं,’ सापकोटाले भने ।

खोजी अभियानमा नगरभित्र २२ सुकुम्बासी भेटिएको सामाजिक विकास शाखा प्रमुख देवी विकले बताइन् । ‘घरै नभएकालाई २ लाख दिएर बनाउन लगाएका छौं,’ विकले भनिन् । केहीले भने सम्झौता गरेर घर बनाउने तयारी गरेका छन् । खरका छाना विस्थापित गर्ने योजनामा नगरले ५० प्रतिशत सफलता पाएको छ ।

८ सय ६८ खरका छानामध्ये अहिलेसम्म ४ सय ३४ छाना फेरिएको विकले जानकारी दिइन् । ‘२ लाख सहयोग गर्दा श्रमदानसमेत जुटाएर दुई कोठे छाप्रो हाल्न सकेका छन्,’ विकले भनिन्, ‘ग्रामीण क्षेत्रको बारीमा घर बनाउन एक लाखले घडेरी पनि पाइएको छ ।’

पालिका प्रेस
थप जानकारी