लहान नगरपालिका कृषि शाखाले किसानको पहिचान र सेवा–सुविधाका लागि किसान परिचयपत्र वितरण सुरु गरेको छ । पहिलो चरणमा ९, १० र ११ वडाका ५ सय किसानलाई परिचयपत्र वितरण थालिएको शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए ।

उनका अनुसार लहान नगरपालिकाको २४ वटै वडाको सबै किसानलाई परिचयपत्र वितरण गरी मलखाद र अन्य सेवा–सुविधा दिन परिचयपत्र वितरण सुरु गरिएको हो । कार्यक्रममा नगरप्रमुख मुनि साहले भने, ‘चुनावमा गरेको प्रतिबद्धताअनुसार कृषि क्षेत्रमा लहान नगरपालिकाले उल्लेखनीय काम गरेको छ ।’१ हजार ३३ किसानको कृषि मिटरको विद्युत् महसुल नगरपालिकाले तिरिदिएको उनले बताए । खुटी नहर ११ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उनले जानकारी दिए ।कार्यक्रममा वडा नम्बर ११ साना किसान सहकारीका अध्यक्ष मागैन कामैतले खुसी व्यक्त गर्दै किसानलाई मलखाद र धानको उचित मूल्य पाउनुपर्ने बेला लहान नगरपालिकाले अझै ध्यान दिनुपर्ने सल्लाह दिए ।

लहान नगरपालिकामा ५० प्रतिशत किसान रहेकाले शीतभण्डार, बजार व्यवस्था र निर्यातका लागि लहानका कृषि विज्ञ बोलाएर आधुनिक खेतीतर्फ अग्रसर गराउन योजनाबद्ध रूपमा गृहकार्यमा लागिरहेको लहान नगरपालिका कृषि शाखा संयोजक प्रदीपकुमार चौधरीले बताए ।

पालिका प्रेस
थप जानकारी