सुरक्षित आप्रवासन योजना रिटर्नी आप्रवासी कामदारहरुको जिल्ला भेला हेटौंडामा भएको छ ।

‘स्वदेशमानै रोजगारी गरौं वैदेशिक रोजगारीमा जानेनै भए सही सूचना लिएर मात्र सीप सिकेर जार्औं’ भन्ने मुल नाराका साथ गरिएको कार्यक्रमको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गरे ।

बिदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमानै काम गर्ने वातावरण मिलाउन स्थानीय सरकार तयार रहेको उहाँले बताए । अहिले पनि कामको खोजीमा युवाहरु बिदेशीएको बताउँदै मेयर महतले बिना सिप बिदेशमा गएर काम गर्दा पैसा कमाउनुको सट्टा दुख पाउने भएकाले सिप सिक्नुपर्नेमा जोड दिए । बिशेषगरी कृषिका क्षेत्रमा काम गर्नेहरुका लागि अनुदानका कार्यक्रम रहेको उनले बताए ।

पालिका प्रेस
थप जानकारी