दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ । सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए ।

उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए । उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा खानी सञ्चालन नहुने बताए ।

तीन वटा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्नेको काम पनि ठप्प भएको छ । पालिको यो निर्णबाट उद्योगको उत्पादनमा समेत असर पर्ने उद्योगहरुले बताएका छन । करिब ४ सय टिप्पर उत्खनन बन्द हुदा काम विहीन भएका छन ।

बंगलाचुलीगाउँपालिकामा रहेकाआआफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही, अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दे आएका थिए । पालिकाले खानीबन्द गरेर चुनढुंगा ओसार्न रोक लगाएपछि कच्चापदार्थ नभएर एक हप्तादेखि उद्योग बन्दभएको घोराही सिमेन्ट उद्योगले जनाएको छ । उद्योगले आफूहरुसँग गरेको सहमती पूरा नगर्दासम्म खानी सञ्चाल नगर्नै नदिने निर्णय कार्यपालिका बैठकले गरेको बंगलाचुलीगाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।

चुनढुंगा खानी रहेको क्षेत्रदेखि घोराहीसम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे भएको एक महिना नहुँदै कालोपत्रे उप्किएर सडक धुलाम्यहुन थालेपछि पालिकाले खानी नै बन्दगरिको दिएर टिप्पर सञ्चालनमा रोक लगाएको हो । त्यसयता सडक कालोपत्रे गर्ने जिम्मालिएका निर्माण व्यवसायी, घोराही सिमेन्ट उद्योगले अझैसम्म पनिकाम सुरु नगरेको गाउँपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी