मकवानपुर थाहा नगरपालिकाको तथ्याङ्क संकलन प्रतिवेदन पुस्तिका हस्तान्तरण तथा उद्यमी प्रतोत्साहन कार्यक्रम भएको छ । ८ चैत्रमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि. को सभाहलमा उक्त कार्यक्रम भएको हो ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष पुरुषोत्तम कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी थाहानगर प्रमुख लवशेर विष्ट रहेका थिए । थाहा नगरपालिकाको सहकार्य तथा च्वाइस नेपाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि. र शिखर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा प्रमुख अतिथी एवं नगर प्रमुख विष्टले च्वाइस नेपाल गैरसरकारी संस्था भइकन पनि थाहानगरको विकास साँझेदारकै रुपमा स्थापित भएको बताए । नगरपालिकाको विभिन्न पूर्वाधार विकास र आयआर्जन तथा स्वास्थ्य क्षेत्रमा च्वाइस नेपालले पु¥याएको योगदानको खुलेर प्रशंसा गरे । अहिलेसम्मको सकारात्मक सहकार्यलाई निरन्तरता दिन विष्टले आग्रह गरे ।

कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले विभिन्न स्थानमा पालिका र अन्य संस्थाहरुसंगको सहकार्यमा काम गरेको अनुभव सुनाउँदै थाहा असाध्यै सहज र सहकार्यमा सरलता भएको पालिका भएको उल्लेख गरे । ‘थाहानगरले च्वाइस नेपाललाई पालिकाको विकास साँझेदार भनेको छ, हामीलाई यहि साख टिकाउन मुस्किल छ’–शर्माले भने,–‘यहि कुराले पनि थाहानगरमा अझै धेरै कुरा गर्न बाँकी छ, सहकार्यलाई निरन्तरता दिन्छौं ।’ कार्यक्रममा थाहा तथ्याङ्क संकलन र उपयोगिताको विषयमा थाहा नगरपालिकाका सूचना शाखा प्रमुख सुरज कुमार भुजेलले प्रकाश पारेका थिए भने कार्यक्रमका अतिथीहरुलाई च्वाइस नेपालका प्रताप घिमिरेले स्वागत गरेका थिए ।

कार्यक्रममा पालुङ वहुउद्देश्यीय सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष विमल कुमार ढकालले च्वाइस नेपालले थाहानगरको विकासमा पु¥याएको योगदानको चर्चा गरे । उनले च्वाइस नेपाललाई शुभकामना दिदै थाहामा विकास कार्यलाई निरन्तरता दिन अनुरोध गरे । सो अवसरमा शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुसुदन विष्टले सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । उनले च्वाइस नेपालको सहकार्यमा सहकारीका तर्फबाट उद्यमीहरुलाई प्रोत्साहन गरिरहेको बताए ।

कार्यक्रमको अवसरमा थाहा तथ्याङ्क संकलनमा खटिएका स्वयंसेवकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने पालुङ बहुउद्देश्यीय सहकारी र शिखर बचत तथा ऋण सहकारी संस्थामा आवद्ध ४० जना उद्यमीलाई प्रोत्साहन वितरण गरिएको थियो । व्यवसायिक सिप विकास तालिम लिएपछि सहकारीबाट ऋण लिएर ब्यवसायी बन्न चाहने तथा पहिले भैरहेको आफ्नो व्यवसायलाई अझै राम्रो बनाउन चाहने व्यक्तिहरुलाइ छनौट गरेरउद्यमी प्रोत्साहन गरिएको हो । सरकारीबाट लिएको ऋण समयमा तिर्ने तथा जुन व्यवशासय भनि ऋन लिएको हो त्यस कार्यमा प्रयोग भएको गरेकालाई छनोटको आधार बनाइएको थियो ।

कार्यक्रममा च्वाइस नेपालका विश्पीङ्गल जोशी, कुल प्रसाद तिवारी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की, वडा नम्बर ४ का सदस्य रवि विष्ट, सानोकाजी गोपालीलगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी