राक्सिराङ गाउँपालिका वडा नम्बर ६ र ९ नम्बरका मौरीपालक किसानलाई मौरीको घार वितरण गरिएको छ । चेपाङ चिउरी चमेरो मौरीपालन तथा जीवनस्तर सुधार कार्यक्रमअन्तर्गत राक्सिराङ गाउँपालिकाले मौरीको घार अनुदान उपलब्ध गराएको हो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङलगायतले ९० घरधुरी किसानलाई १३ चैतमा मौरीको घार प्रदान गरेका हुन् । राजकुमार चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, योजना अधिकृत चुननारायण श्रेष्ठ, सामाजिक विकास अधिकृत गोविन्द अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी