वनस्पति उद्यान केन्द्र मकवानपुरको आयोजना तथा पर्वतीय वनस्पती उद्यान दामन मकवानपुरको सहकार्यमा तीनदिने जडिबुट्टि खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम शितोष्ण बागवानी केन्द्र दामनमा भएको हो ।
स्थानीय सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुको सहभागीता रहेको थियो । वनस्पति सम्पदाको संकलन, पहिचान गर्दै वनस्पतिको बंशाणु श्रोतको संरक्षण गर्दै जडिबुटी, लघुवन पैदावर र वनस्पति श्रोत सम्बन्धि खेती तथा संरक्षण बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएकोे दामन वनस्पति उद्यानका सागिर हुसेनले बताए ।
तालिममा वरिष्ठ वनस्पति बैज्ञानिक अधिकृत रघुराम पराजुली, दामन बनस्पतिका सागिर हुसेन, हेमराज थापामगर, बागवानी केन्द्र दामनका कृषि प्राबिधिक दिवाकर न्यौपाने, गोबिन्द शाही, बनस्पति उद्यान टिस्टुङका गोपाल कार्की, जडिबुटी ब्याबसायी गोपाल चौलागाईंलगायतले सहजीकरण गरेका थिए । तालिममा थाहानगरका विभिन्न सामुदायिक बनका ३५ जना सदस्यहरुको सहभागिता थियो ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्