जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बितेको पाँच वर्षमा स्थानीय तहहरुले थुप्रै उपलब्धी हासिल गरेको बताउनुभएको छ । बुधबार जिल्लाको ईन्द्ररोवर गाउँपालिकाको अनुगमनका क्रममा उहाँले स्थानीय तहमा जनप्रतिनिधि आएपछि आर्थिक, भौतिक, सामाजिक, सँस्कृतिक लगायत सबै क्षेत्रको उल्लेख्य विकास भएको बताउनुभयो ।

No description available.
उहाँले स्थानीय तह आफैमा एउटा सरकार भएकाले यसले जनताका आधारभुत आवश्यक्ताहरु, स्वास्थ्य, शिक्षा, खानेपानी, पुर्वाधार, सडकलगायत क्षेत्रमा उल्लेख्य प्रगति भएकोे बताउनुभयो । उहाँले संघियताको मर्म अनुसार सिंह दरबारको अधिकार घरघरमा पुगेको बताउनुहुँदै पाँच वर्षमा स्थानीय तहमा जग बसाल्ने काम भएको उल्लेख गर्नुभयो । उहँँले यसलाई संस्थागत गर्न स्थानीय तह आफैँमा आर्थिक रुपले सक्षम हुनु पर्ने समेत बताउनुभयो । स्थानीय तहले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै आफ्नो आन्तरिक स्रोत बृद्धिमा बिषेश ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
No description available.

जिसस प्रमुख खुलालको नेतृत्वमा भएको अनुगमनका क्रममा गाउँपालिकाको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको बारेमा जानकारी लिईएको थियो । अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष जिवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल लगायतले चालु आर्थिक वर्षमा गाउँपालिकाको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।

No description available.

सो क्रममा गाउँपालिकामा कुल २६३ वटा योजनाहरु मध्ये हालसम्म करीब करीब सबै सम्झौता भईसकेको साथै करीब ५० प्रतिशत योजना सम्पन्न नै भईसकेको जनाईएको छ । यस्तै चालु आर्थिक वर्षमा करीब ४० प्रतिशत बजेट खर्च भईसकेको समेत बताईएको छ । चालु आर्थिक वर्षमा समयमै कार्यक्रमहरु सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत लम्सालले बताउनुभयो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, वडा अध्यक्षहरु चिरन्जीवी पौडेल, राजुमान महर्जनलगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी