मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा २ दिने प्लाष्टिक टनेलभित्र व्यवसायिक तरकारी खेती व्यवसथापन सम्बनधी तालिम भएको छ । पालिकाको वडास्तरीय कार्यक्रम अनतर्गत १५ र १६ चैतमा तालिम भएको हो ।
गत वर्ष टनेल भित्र लगाएको गोलभेडा लगायतका तरकारीमा विभिन्न समस्या देखापरेकोमा उक्त समस्यालाई लक्षित गरि टनेल भित्र खेती गर्ने कृषकहरूलाई तालिम दिइएको हो । तालिममा सैद्वान्तिक विषय वस्तुसंगै फिल्ड अवलोकनमा रोगकीराको पहिचान, काँटछाँट, माटो व्यवस्थापन लगायतका विषयमा व्यवहारिक रुपमा प्रशिक्षण दिइएको पालिकाको कृषि शाखाले जनाएको छ ।
तालिममा २० जना कृषकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, कृषि प्राविधिक गोपाल लम्साल र संगिता दुलालले प्रशिक्षण दिएका थिए । कार्यक्रम मकवानपुगढी गाउँपालिका वडा न २ का वडाध्यक्ष बखान सिं पाख्रिन ज्यूको सभाध्यक्षतामा भएको थियो ।
मकवानपुरगढी गाउंपालिकाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७र०७८ सम्म वडा न २ मा ३२ कृषक परिवारले १२ हजार ३८४ वर्गमीटर क्षेत्रफलमा १ सय १९ वटा टनेल निर्माण भई वयवसायिक तरकारी खेती गरिरहेका छन् भने यस वर्ष थप विस्तार हुने क्रममा रहेको शाखा प्रमुख चौधरीले जानकारु िदिए । उक्त वडाको जसमा सबभन्दा बढी टनेलमा आधारित खेती कुर्लेफाँटमा रहेको छ ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्