मकवानपुरको थाहा नगरपालिकाको आयोजनामा मखमलको जुत्ता बनाउने तालिम भएको छ । पालिकाको लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने तालिम भएको हो ।

थाहा नगरपालिका वडा नम्बर २ मा भएको तालिममा सहभागीहरुले मखमलको जुत्ता, चप्पल, डबल फित्ता चप्पत, क्रस चप्पल, खाप्पा चप्पल, किचन सुज, सिम्पल बेहलुली चप्पल, इण्डियन चप्पल गरी ७ किसिमको चप्पल बनाउन सिकाइएको लघुउद्यम विकास सहजकर्ता सुनिता बुढाले जानकारी दिइन् ।

तालिमका सहभागीहरुलाई दिया महत्तोले प्रशिक्षण दिएको थाहा नगरपालिकाकी लघुउद्यम सहजकर्ता माया पाण्डेले जानकारी दिइन् ।

तालिमको थाहा नगरपालिका वडा नम्बर २ की वडा सदस्य तथा कार्यपालिका सदस्य जानुका ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमका सहभागीहरु अष्ट भैरव लघुउद्यमी समूहका महिलाहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी