मकवानपुरको राक्सिराङका किसानको वित्तिय पहुँच र कृषिको डिजिटलाईजेसनका लागि ‘किसान क्रेडिट कार्ड’ उपलब्ध गराइने भएको छ । यसका लागि प्राविधिक कार्य गर्नका लागि राक्सिराङ गाउँपालिका र आर. एण्ड डि. ईनोभेटिभ सोलुसन बीच सम्झौता भएको छ ।

किसानहरुलाई आर्थिक सचेतना गराउने, बैंकिङ प्रणालीमा आबद्ध गराउन सहयोग गर्ने उद्देश्यले किसान क्रेडिट कार्डको प्रक्रिया थालिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानाकरी दिए । क्रेडिट कार्ड मार्फत पैसा निकाल्न नसकिने, तोकिएको भेन्डर मार्फत तोकिएको कृषि सम्बन्धित सामग्री मात्र खरिद गर्न पाउने, सस्तो ब्याजदर लगायतका व्यवस्था हुने गर्तोलाले बताए ।

‘किसान क्रेडिट कार्ड’ मार्फत कृषकले के गर्न चाहन्छन्, त्यसमा आर्थिक स्रोतको अभाव हुन नदिने, संस्थाले बजार सहितको पहुँच समेत बनाइदिने हुँदा सहज हुन्छ भन्ने विश्वास पालिकाले लिएको छ ।

पालिका प्रेस
थप जानकारी