वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट संशोधनको लागि आएको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई २२ चैतमा प्रमाणीकरण गरेका छन् ।

वाग्मती प्रदेशसभाबाट केही महिनाअघि युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रदेशसभा बैठकले स्वीकृति प्रदान गरेअनुसार प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएकाले  संवैधानिक प्रक्रिया पूरा गरी उक्त अध्यादेशलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका सचिव राजेश तामाङले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी