मकवानपुर थाहा नगरपालिकाको आयोजनामा तीनदिने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । पालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना इकाईले व्यवस्थापन गरेको तालिममा वडाका जनप्रतिनिधी, वडा सचिव, सहायक तथा सामाजिक परिचालकहरुको सहभागिता रहेको छ ।

तालिमको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा तालिम उद्घाटन समारोहका प्रमुख अतिथी हरिलाल पुरीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै पालिकाले वडाबाट प्रत्येक्ष नागरिकसंग जोडिने पञ्जिकरण सेवालाई प्रभावकारी रुपमा संचालन गर्न तालिमले सहयोग गर्ने विश्वास गरे । अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणमा देशमै उत्कृष्ट पालिका भएपनि कतिपय कानूनी अड्चन रहेको बताउँदै प्रशासकीय अधिकृत पूरीले त्यस्ता समस्याको समाधानमा विभागको सहजीकरण आवश्यक भएको औल्याए ।

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेकाे साहारा रिसोर्टमा संचालन भएकाे तालिमका सहभागीहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एम.आइ.एस. सपोर्ट राजीव राइ, दापासा शेर्पा र लुना खड्काले तीन दिनसम्म सहजीकरण गर्नेछन् ।

थाहा–२ का वडा सदस्य विष्णु बहादुर थापाको सभाध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा थाहा–१ की वडा सदस्य देवकी तामाङ, थाहा नगरपालिका प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ, सूचना अधिकारी सूचजकुमार भुजेल, एमआइएस अपरेटर रुपक कार्की, लक्ष्मण कण्डेल, फिल्ड सहायक अच्युत विडारीलगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी