प्रत्येक वर्ष संचालन हुने व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत स्थानीय तहहरुले संचालन गर्ने सप्ताह १ वैशाखबाट ७ गतेसम्म संचालन हुने गर्दछ ।

सप्ताहमा पालिका र तिनका वडा कार्यालयहरुबाट व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रचार प्रसार तथा घटना दर्ता प्रोत्साहनका कार्यक्रमहरु संचालन हुने मकवानपुर थाहा नगरपालिकाका एम.आइ.एस. सेवा इकाइका एमआइएस अपरेटर रुपक कार्कीले बताए ।

वैशाख १ गतेदेखि बैशाख ७ गते सम्म संचालन हुने सप्ताह व्यापी कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धि विवरण संकलनको कार्यक्रमलाई विभागले सप्ताहको रुपमा संचालन गर्न पालिकाहरुलाई परिपत्र गरेको छ ।

व्यक्तिगत घटना दर्ताहरु छुट्न गएका सम्पुर्ण सेवा ग्राहीहरुलाई मध्यनजर गर्दै विभागले अनिवार्य रुपमा व्यक्तिगत घटना दर्ताका विवरणहरु संकलन गर्न भनेको छ । घटना दर्ता सप्ताहका वेला प्राथमिकताको साथ वडा कार्यालयहरुले घटनादर्ताको कार्यक्रमलाई अघि बढाउने थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी