मकवानपुरको राक्सिराङ गाउँपालिकाको आयोजनामा किसानहरुलाई क्षमता अभिवृद्धि तालिम तथा तरकारी विऊ वितरण कार्यक्रम भएको छ । राक्सिराङको वडा नम्बर १, ३, ५ र ७ मा रहेका कृषक समूहलाई क्षतमता अभिवृद्धि तालिम दिइएको हो ।

तालिममा कृषक समुहको गठन प्रक्रिया, संचालन प्रक्रिया समूहमा आवद्ध हुनुको फाइदा, लगायतको विषयमा सहजीकरण गरिएको थियो । तालिममा जनप्रतिनीधि, टोल विकास संस्थाका प्रतिनीधिहरु र स्थानीय समुदायको सहभासगिता रहेको थियो । तालिमको अवसरमा उपस्थित किसानहरुलाई विभिन्न ७ थरी तरकारीको विऊ समेत वितरण गरिएको थियो । पालिकाले ताजा तरकारीका लागि किसानहरुले करोसाबारी स्थापना गर्न प्रोत्साहन गर्दै आएको छ । ‘स्वस्थ जीवनका लागि स्वस्थ खाना’ हुनुपर्ने बताउँदै पालिकाको कृषि शाखाले घरघरमा करेसाबारी बनाउन आग्रह गरेको छ ।

राक्सिराङको तालिम संचालन नभएका अन्य वडाहरुमा पनि प्राविधिकको सहयोगमा बिऊ वितरण गरिने पालिकाका कृषि शाखा प्रमुख कृष्ण डुम्रेले बताए । पालिका अन्तर्गतका करिब १ हजार ५ सय घरपरिवारलाई लक्षित गर्दै विऊ वितरण गरिएको शाखा प्रमुख डुम्रेले बताए । कार्यक्रममा सहभागी नभएकाहरलाई पालिकाको कृषि शाखाबाट पुनः तरकारीको वितरण गरिने डुम्रेले बताए ।

गाउँमा बसेर पनि बजारबाट तरकारी किनेर खानुपर्ने प्रवृत्तिको अन्त्य गर्दै किसानलाई आयआर्जको साथै आत्मनिर्भरतामा सहयोग पु¥याउन कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिका प्रेसलाई जानकारी बताए । अध्यक्ष मल्लले किसानहरुलाई समूहमा काम गर्न र कृषि पेशाप्रति थप आकर्षण ल्याउन कृषक समुह तथा सहकारीको थप मजबुद बनाइ आगामि दिनमा प्रत्येका टोलमा कृषिक कृषक तथा सहकारी स्थापनामा सहजीकरण गर्न कृषि प्राविधिकहरुलाई सुझाव दिए ।

पालिका प्रेस
थप जानकारी