मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भइ भ्रष्टाचार भएको पाइएको छ । गाउँकार्यपालिकाबाट निणर्य भएर  मिनाहा गराएर सवा ५४ लाख भ्रष्टाचार गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।यो मुद्दामा अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायी समेत १४ जना तथा एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यवाहक अध्यक्ष  कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, वडा नं ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर बोगटी, वडा नं  ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नं ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराईलाई प्रतिवादी बनाएको छ ।

उनीहरुविरुद्ध  ५४ लाख १८ हजार ५६८ विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहविरुद्ध अख्तियारले मुद्दा हालेको छ ।

तत्कालीन  प्रशाकीय अधिकृत गणेशदत्त ओझालाई प्रतिवादी बनाइएको छ । निर्माण सेवा र शाह तथा प्रशाकीय अधिकृत ओझाविरुद्ध ५६ लाख ३४८ विगो मागिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी