मकवानपुर थाहा नगरपालिकामा व्यक्तिगत घटना दर्ता वा सामाजिक सुरक्षा भत्ताको विषयमा बुझ्न कहाँ जानु पर्छ भन्ने कुरा नागरिकहरुले चाल पाइ सकेका छन् । घटना घटेको ३५ दिनभित्रै व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यू, बसाइसराई, विवाह र सम्बन्ध विच्छेद) वडामा गएर गर्न उनीहरु चनाखो भएका छन् । घटना दर्ता गर्दा त्रुटि नै नगर्न सचेत छन् भने भैहाले के गर्ने भन्ने विषयमा छलफल गर्न पालिका पुग्छन् । पालिकामा घटना दर्ता र सामाजिक सुरक्षालाई व्यवस्थित गर्न शुरुबाटै शाखा छुट्याइएको छ । शाखासंगै यहि काम गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थाहा नगरपालिकामा एम.आइ.एस.सेवा इकाइ स्थापना गरेको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनमा ल्याएसंगै थाहा नगरलगायत देशभरका सबै स्थानीय तहमा इकाइ स्थापना गरिएको हो ।

हरेक पालिकामा एमआइएस सेवा इकाइ स्थापनाले पालिकालाई घटना दर्ता र सामाजिक सुरक्षामा निकै सहजता ल्याएको मकवानपुर थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे बताउँछन् । व्यक्ति जन्मेदेखि मृत्यूसम्मको क्रियाकलापको तथ्याङ्क व्यवस्थापन र घटना दर्ता सम्बन्धी सेवा प्रवाह इकाइबाट भैरहेको घिमिरेको भनाइ छ । इकाइको कार्यसम्पदनले प्रणाली संचालन र तथ्याङ्क व्यवस्थापनमा सहजता भएको महाशाखा प्रमुख घिमिरेले बताउँछन् । पालिकाहरुको नयाँ संरचनासंगै शाखा व्यवस्थापनमा समेत कठिनाई भैरहेकेमा नागरिकसंग प्रत्येक्ष सारेकार राख्ने एमआइएस इकाइले वडा र पालिका दुवैलाई सहज भएको घिमिरेको भनाइ छ ।

मकवानपुर थाहा नगरपालिकाका एमआइएस अपरेटर लक्ष्मण कण्डेल, तथ्याङ्क शुद्धिकरण सम्बन्धी कार्य गर्दै । फोटोः पालिका प्रेस

मकवानपुरको बाग्मती गाउँपालिकामा अझै पनि सामाजिक सुरक्षा र पञ्जीकरण शाखा स्थापना भएकै छैन । पालिका भरीको घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी कामकाज एम.आइ.एस सेवा इकाइकै भरमा संचालनमा रहेको प्रशासन शाखाका धिरज स्याङ्तानले बताए । पालिकामा इन्टरनेटका साथै बिजुली समेत नभएको वडाहरु भएको बताउँदै स्याङ्तानले पञ्जीकरण शाखाकै जिम्मा इकाइले संचालन गर्दै आएको सुनाए । मकवानपुरकै इन्द्रसरोवर गाउँपालिकामा पनि एमआइएस सेवा इकाईलाई नै पञ्जीकरण र सामाजिक सुरक्षा शाखाको जिम्मेवारी रहेको एमआइएस अपरेटर मञ्जरी बलामीले बताइन् । सेवा इकाइ स्थापना पश्चात् घटना दर्ता र सामाजिक सुरक्षा लाभग्राहीको तथ्याङ्क व्यवस्थापनमा पालिकाले सहज महशुस गरेको बलामीको भनाइ छ । पालिकामा आयोजना कार्यान्वयन स्थानीय समन्वय समिति पनि सक्रिय रहेको बताउँदै पालिका अध्यक्ष जीवन लामाले भने–‘जनशक्ती समेत अभाव हुँदा आयोजना मार्फत स्थापना भएको इकाइको कामप्रति सन्तुष्ट छौं ।’

थाहा नगरपालिकाको एमआइएस सेवा इकाईबाट भएको अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्दै सेवा ईकाइका कर्मचारीहरु ।

मकवानपुरको थाहा नगरपालिकाले वडा कार्यालयमा हुने घटना दर्ताको सूचना फारम पालिकामा ल्याएर व्यवस्थित गर्ने गरेको छ । ‘साविक जिल्ला विकास समिति हुँदा सूचना फारम त्यहीँ बुझाउनु पथ्र्यो अहिले तथ्याङ्क सुरक्षित गर्नका लागि यो अभ्यास पालिकाले थालेको हो’–पालिकाका पञ्जीककरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख सुरज कुमार भुजेलले भने । एमआइएस फिल्ड सहायक अच्युत विडारी भन्छन्–‘पालिकामा सेड्युल नै छ, तीन÷तीन महिनामा वडा कार्यालयहरुबाट सूचना फारम संकलन गरेर ल्याउनुर्छ ।’ एमआइएस सेवा इकाइका अन्य कार्यक्रमहरुको साथमा तथ्याङ्क व्यवस्थापन, सार्वजनिकीकरण र घटना दर्ता सम्बन्धी कानूनी र प्राविधिक सवालहरुमा सहजीकरण भएपछि वडा कार्यालयहरुमा पनि काम गर्न सहज भएको विडारी बताउँछन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको एमआइएस सेवा इकाईमा तथ्याङ्क व्यवस्थापन गर्दै ईकाइका कर्मचारीहरु ।

कानून अनुसार नागरिकको घटना दर्ताका लागि पालिकाहरुको वडास्तरमा स्थानीय पञ्जिकाधिकारीको कार्यालय स्थापना छ । पञ्जीकरण सम्बन्धी सबै कार्य वडा सचिवले नै सम्हाल्दै आएका छन् । सन् २०२४ सम्म सबै प्रकारका घटना दर्ता शत्प्रतिशत पु¥याउने नेपाल सरकारको अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार सेवा इकाइ स्थापना गरिएको हो । वि.सं.२०६८ सालको जनगणना अनुसार नेपालमा ६४ प्रतिशत घटना मात्र समयमा दर्ता हुने गरेका छन् । यो प्रतिशतलाई बढाउनका लागि पालिकाहरमा सथापना गरिएको सेवा इकाई प्रभावकारी हुने विश्वास लिइएको छ ।

सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ताको विस्तार गर्ने र सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा सुधार ल्याउने आयोजनाको मूल उद्देश्य रहेको छ । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी, आधुनिक प्रविधिमा आधारित र जनताको पहुँच तथा सहभागितालाई सुनिश्चित गर्न प्रणालीगत सुधारका कार्यक्रमहरु कार्यान्वयनमा इकाइले मद्दत गरिरहेको मकवानपुरको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी बनाई लाभग्राहीको पहँुच विस्तारमा इकाइको सहयोग रहेको अध्यक्ष लामाको भनाइ छ ।

थाहा नगरपालिकाको एमआइएस सेवा इकाईबाट भएको अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्दै सेवा ईकाइका कर्मचारीहरु ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत दर्ता प्रणाली सुदृढीकरण आयोजना संचालन निर्देशिका अनुसार पालिकाहरुको पञ्जीकरण र सामाजिक सुरक्षालाई व्यवस्थापन तथा सहजीकरण गर्न समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था छ । पालिकाको प्रमुख वा उपप्रमुखको अध्यक्षतामा समन्वय समिति गठन हुने व्यवस्था बमोजिम थाहा नगरपालिकामा गठन र संचालन भैसकेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । गठित समन्वय समितिले पालिकाको घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी कार्यमा सहजीकरण गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत तथा समन्वय समितिका सदस्य सचिव हरिलाल पुरी बताउँछन् ।

मकवानपुर भिमफेदी गाउँपालिकाका एमआइएस सेवा इकाईका फिल्ड सहायक मनोज तितुङ ।

समन्वय समितिले स्थानीय तहमा व्यक्तिगत घटना दर्ता प्रणालीलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्न सहजीकरण गराउने कार्यमा प्रोत्साहन गरिरहेको थाहा नगरपालिकाका एमआइएस अपरेटर रुपक कार्की बताउँछन् । थाहा नगरपालिकाले घटना दर्ता शिविर संचालन गरिसकेको बताउँदै घटना दर्ता शिविर सञ्चालनको लागि सहजीकरण तथा जनसहभागीता प्रवद्र्घनमा समन्वय समितिको सहयोग उल्लेख्य रहेको अपरेटर कार्कीले बताए । त्यस्तै पालिकाहरुमा आयोजना अन्तर्गत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरणका लागि संघबाटै सशर्त बजेट प्राप्त भई कार्य संचालन गर्नु उपलब्धी मूलक भएको उनको भनाइ छ ।

व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा बालबालिकाहरु माझ घटना दर्ताको विषयमा सन्देश प्रवाह गर्दै मकवानपुर भिमफेदी गाउँपालिकाका एमआइएस सेवा इकाईका कर्मचारी तथा जनप्रतिनीधिहरु ।

व्यक्तिगत घटना दर्ता किताबको डिजिटाईजेशन तथा व्यक्तिगत घटना दर्ता विवरण संकलन गर्ने क्रममा स्थानीय तहमा समस्या देखिएमा समाधान गर्नमा पनि समितिले सहयोग गरेको थाहा नगरपालिकाका अर्का एमआइएस अपरेटर लक्ष्मण कण्डेलले बताए । अपरेटर कँडेलले भने–‘हामीले त डिजिटाइजेशनको काम सक्यौं, यो अभियानका बेला समितिको तर्फबाट भएको समन्वयले निकै सहजकता भयो, यसबाट डिजिटाइजेशन हुन बाँकी पालिकाहरुले पनि सिक्नुपर्छ ।’ त्यसोतः प्रत्येक वडामा पनि गुनासो सुनुवाई समिति गठन भैसकेको बताउँदै नागरिकले गुनासो अनलाइनमै गर्न सकिने कुरा वा घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी सवाललाई नागरिकहरु समक्ष पु¥याउनका लागि पनि समन्वय समितिको भूमिका महत्वपूर्ण भएको कण्डेलको भनाइ छ ।