मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषक लक्ष्मण बजगाईले मौसमी तरकारीको बेर्ना उत्पादनमा प्रशिद्धि कमाइसकेका छन् ।

उनले यसपालि पनि प्याजको बेर्ना तयार गरी बिक्रि गरिरहेका छन् । व्यवसायिक रुपमा वा करेसाबारीमा तरकारी लगाउनेहरु बेर्ना लिनका लागि लक्ष्मणको बजगाई तरकारी नर्सरीमा पुग्छन् । उनको तरकारी नर्सरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बाग्दलीमा रहेको छ ।

उनी आफै ग्रामिण कृषि कार्यकर्ता पनि भएकोले प्राविधिक ज्ञान पनि रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले पालिका प्रेसलाई जानकारी दिए ।