विवाह दर्ता गराउन आएका सेवाग्राहीसँग घुस लिने वडा सचिव (नायव सुब्बा) पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ को वडा कार्यालयका सचिव (नायव सुब्बा) मोहम्मद सिद्धिक छन्। सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै घुस मागरेको भन्ने उजुरीका परेपछि अटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

‘सेवाग्राहीबाट तीन हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, रिसालले भने ।