नेकपा एमाले थाहानगरले स्थानीय तह सदस्य निर्वाचनमा ‘एक घर, एक धारा, नगरको अभिभारा’ भन्ने नारालाई सार्थक बनाउन प्रत्येक घरधुरीसम्म खानेपानीको व्यवस्था गर्ने उल्लेख गरेको छ । खानेपानीका मुहान तथा मूलहरुको संरक्षणमा विशेष ध्यान दिई थाहानगरका उच्च भेगहरुमा संरक्षण पोखरी (रिचार्जेबल पोण्ड)हरुको निर्माण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

एमालेले थाहानगरमा खानेपानी सेवालाई प्रभावकारी बनाउन नथर खानेपानी व्यवस्थापन बोर्डलाई क्रियाशील बनाउने समेत जनाएको छ ।

यसैत्रीच थाहानगरमा रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षणमा विशेष जोड दिई पर्यटकहरुका लागि सुविधासहितको गन्तव्यको रुपमा विकास गरिने मेयरका उमेद्वार अच्युतम प्रसाद ढकालले बताए । स्कन्द पुराणको हिमवत् खण्डमा चर्चित चम्पाकेश्वर, नन्दिकेश्वर, गोखुरेश्वर, उन्मत्तेश्वर, पाण्डुकेश्वर र कुटेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी पर्यटकहरुलाई एउटै नगरमा रहेका ६ वटा ज्योतिर्लिङ्ग भ्रमण गर्ने विशेष अवसरको सिर्जना प्रतिवद्धता पत्रमा समेटिएको छ ।
ऋषेश्वर, फलामे भ¥याङ, भ्युटावर, सीमभञ्ज्याङ ताल, वनस्पति उद्यान, वागवानी केन्द्रसहित थप पर्यटकीय पूर्वाधारहरुको समेत विकास गरी दामन क्षेत्र, चैत्यलोह, सातधारा, भेडाफार्म, धर्मशाला, स्वच्छन्द भैरब, ढुङ्गेधारा, बज्रवाराही, चम्पाकेश्वर, थाहा संग्रहालय (निर्माणाधीन) आदिलाई समेटी चित्लाङ –बज्रवाराही, विभूति पार्क(मूलाबारी चौर), खुकुरी ढुंगा, मुस्कान झर्ना, नर्वे ढुंगा, चिया बगान(निर्माणाधीन) सहित टिस्टुङ, इन्द्रायणी माई, कोटथुम्की, त्रिवेणीधाम, शङ्खमूल, पाण्डुकेश्वर, शेतीगणेश, कालाभैरव आदिलाई समेटेर पालुङ र डाँडाबास, चिसापानी पार्क, कुटेश्वर, बथानचुली, शिब मन्दिर, हनुमान मन्दिर, कालिका मन्दिर, सूर्यवाराही मन्दिर आदिसहितको आग्रा क्षेत्रलाई थाहा नगरको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिने आफ्नो चुनावी प्रतिवद्धता पत्रमा समेटेको उमेद्वार ढकालले बताए ।

थाहा नगरका पालुङ सहर, शिखरकोट गोपाली गाउँ, कुन्छाल, टौखेल, कलाँटु, न्हुल गाउँ, माझगाउँ जस्ता ऐतिहासिक बस्तीहरुलाई पर्यटकीय गन्तव्य वस्तीको रुपमा विकास गर्न विशेष योजना सञ्चालन गर्ने ढकालले बताए । परम्परागत संस्कृति झल्कने गरी घर आवास निर्माण गर्दा नगरपालिकाको तर्फबाट प्रोत्साहनवापत निश्चित रकम उपलब्ध गराइने समेत एमाले थाहानगरको योजना छ ।

आगामी ५ वर्षभित्र बज्रवाराहीमा निर्माणाधीन थाहा सङ्ग्रहालय निर्माण कार्य पूरा गर्ने, टिस्टुङको तामाङ संग्रहालय र कुन्छालको गोपाली संग्रहालयलाई थप व्यवस्थित बनाइने एमालेको योजना छ । दामन–सिमभन्ज्याङ क्षेत्र नेपालकै चर्चित पर्यटकीय क्षेत्र भएतापनि पर्यटकहरुको आकर्षण बढ्न नसकिरहेको सन्दर्भमा सो क्षेत्रमा नेपाल सरकारसँग पहल गरी ऐन बमोजिम जग्गा भाडामा उपलब्ध गराई ठूला होटल, रिसोर्ट, सम्मेलन हल स्थापनाको लागि प्रोत्साहन गर्नुका साथै नगरमा होम स्टे र होम स्टे ग्रामहरुको स्थापना र व्यवस्थापनका लागि पहल गर्ने उमेद्वार ढकालले बताए ।

यसैबीच पालुङको त्रिवेणीदेखि बसन्त खोलासम्म विभिन्न स्थानमा चेकड्यामहरु तथा वाटर गार्डेनहरु निर्माण गर्न प्राविधिक सम्भाव्यता अध्ययन गर्ने नेकपा एमाले थाहानगरले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

पालिका प्रेस
थप जानकारी