नेकपा एमाले मकवानपुर जिल्ला सचिबसमेत रहेका हिदम लामा भीमफेदी गाउँपालिकाको अध्यक्षमा पुनस् दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

अध्यक्ष लामाले ५ हजार ५९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र) का बद्री बहादुर स्याङ्तानले ५ हजार २०९ मत मात्र प्राप्त गरे ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धन (नेपाली कांग्रेस) का सञ्जीव श्रेष्ठ बिजयी भएका छन् । उनले ५ हजार ३१५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पार्वती राना १६ मतले पराजित भइन् ।

पालिका प्रेस
थप जानकारी