मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले शपथ लिएका छन् । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवकृष्ण पुडासैनीले पालिका उपाध्यक्ष, निर्वाचित ५ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । पुडासैनीले भने मुख्य निर्वाचन अधिकृतबाट हेटौंडामा सपथ लिएका हुन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधिहरुलले ७ जेठमा पालिका कार्यालयमै कार्यक्रमको आयोजना गरी शपथ लिएका हुन् । इन्द्रसरोवरमा ७ जेठमै गाउँपालिका अध्यक्ष पुडासैनी र उपाध्यक्ष लामाले पदभार समेत ग्रहण गरेका छन् । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सुवास थापा मगर, वडा नम्बर २ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष प्रताप भोम्जन, वडा नम्बर ४ का अध्यक्ष चन्द्र कुमार बल, वडा नम्बर ५ का अध्यक्ष दुतराज तितुङसहित सबै वडाका वडा सदस्यहरु, निवर्तमान जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

इन्द्रसरोवर ५ वटा मात्र वडा रहेको मकवानपुरकै सानो गाउँपालिका हो ।

पुस्कल सागर
थप जानकारी