भुटनदेवी मावि, हेटौँडा–४ मा आईटी पार्क (पब्लिक नलेज सेन्टर) निर्माण हुने भएको छ । यस पार्कको निर्माणले बाग्मती प्रदेशको राजधानी हेटौँडालाई आईटीको हवको रूपमा विकास गर्न सकिनेछ ।
आईटी पार्क निर्माण पछि सूचना र प्रविधिका नयाँ प्रविधि भित्र्याउने, अध्ययन र अनुसन्धान गर्ने, रोजगारीको सृजना हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले बताए । विध्यालय शिक्षालाई प्रविधिमैत्री गुणस्तरीय बनाउन र पब्लिकको समेत सूचना प्रविधिमा सहज पहुँच पुर्याउने, सूचना र प्रविधिको क्षेत्रमा खोज, अनुसन्धान, प्रयोग र रोजगारीलाई प्राथमिकता पाउने अध्यक्ष सिग्देलको भनाइ छ । बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आईटि पार्कको डिपिआर र निर्माण कार्यमा बजेट बिनियोजन गरेको छ ।
वडा कार्यालयको पहल र समन्वय र भौतिक पूर्वाधार विकास मन्त्री माननीय दिनेशचन्द्र देवकोटाले आईटी पार्क निर्माणको लागि आवश्यक निर्णय गरेकोप्रति अध्यक्ष सिग्देलले आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् । यस अघि भुटनदेवी माविलाई मेघा विध्यालय निर्माणको पूर्वाधार निर्माणको लागि हेटौँडा उपमहानगर पालिका र विध्यालयको लागत साझेदारीमा ३ करोडको १२ कोठे तीन तल्ला भवन निर्माणको टेण्डर भईसकेको छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्