आग्रा । यस ठाउँको नाम लिने वित्तिकै मानिसहरु भारत अर्थात इण्डियाको आग्रा सम्झन्छन् । तर आग्रा मकवानपुरकै थाहा नगरपालिका वडा नम्बर ७ मा पर्छ । आग्राको ७ नम्बर वडामा पर्यटकलाई लोभ्याउने उनिउँ चौर छ । फुटबल मैदानभन्दा ठुलो चौरको बिचमा बसेर निलो आकाश र लुकामारी गर्दै गरेका बादलका फुर्काहरु हेर्दै आनन्द लिनुको मजा नै बेग्लै हुन्छ, उनिउँ चौरमा । टाढाबाट झट्ट हेर्दा हरियो तन्ना सुकाए झैं देखिने यो चौरमा पर्यटकहरु पुगेपछि निकै मोहित हुन्छन् ।

वडा कार्यालयले यस चौरलाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास गर्दैछ । यहि उनिउ चौर पुगेर हाम्रा पालिक सहकर्मी गणेश विष्टले फोटो खिचेका छन् ।

हेर्नुहोस फोटोः

 

गणेश विष्ट
थप जानकारी