बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट निर्माण गर्नका लागि धमाधम काम भइरहेको छ । प्रदेशका सबै मन्त्रालयमा अहिले बिभीन्न शाखाका कर्मचारी, महाशाखाका प्रमुखहरु, सचिबहरु र मन्त्रीहरुलाई भ्याइनभ्याइ भएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजान मन्त्रालयले हरेक मन्त्रालयलाई बजेटको शिलिङ तोकेको छ । त्यही शिलिङमा रहेर बजेट निर्माण गर्ने काम भइरहेको कर्मचारीहरु बताउँछन् । मन्त्रालयहरुले यसअघि पाइरहेको बजेटको शिलिङ भन्दा आउँदो आर्थिक वर्षका लागि तोकिएको बजेटको शिलिङ घटेको छ । पहिले सात वटा मात्र मन्त्रालयहरु रहेको र अहिले दोब्बर थपीएपछी पहिलेका वर्षहरुमा पाउँदै आएको बजेटको शिलिङ घटेर आएको हो ।

बजेट निर्माणका लागि हरेक क्षेत्रमा संघसंस्था र सम्वन्धित क्षेत्रका बिज्ञहरुसंग छलफल गरिरहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण पाण्डेले बताउनुभयो । सबैको सुझाबका आधारमा बजेट निर्माण गर्नेगरी दिनहुँजसो छलफल गरिएको छ । आर्थिक मामिला मन्त्रालयले मन्त्रालयको खर्चहुने क्षमताका आधारमा बजेटको शिलिङ तोकेको छ । त्यही अनुसार मन्त्रालय र मकातहतका कार्यालयहरुले बजेट निर्माण गर्ने कामहरु गर्दै आएका छन् ।

पालिका प्रेस
थप जानकारी