महालक्ष्मी विकास बैंकले डिजिटल साक्षरता सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । मकवानपुर स्थित पालुङ शाखाले ग्रामीण महिलाहरुलाई डिजिटल बैंक तथा मोबाइल बैंक, एटीएम, क्युआर कोड तथा बैंकिङ कारोबारलगायतको विषयमा जानकारी दिने उद्देश्यले डिजिटल साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो ।

थाहानगरको थानाबजारमा रहेको बैंकको कार्यालयमै अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा महिलाहरुले कारोबार गर्दा नगदमा भन्दा डिजिटल माध्यममा कारोवार गर्दा हुने फाइदाको बारेमा जानकारी गराइएको बैंकका ब्यबस्थापक संगिता बज्राचार्यले बताइन। बज्राचार्यका अनुसार ‘थाहानगर भित्रका पुरुषहरुले धेरैनै डिजिटल माध्यमबाट कारोबार गर्न थालिसकेको तर व्यवसाय गरेर बसेका छन् तर महिलाहरुमा डिजिटल ज्ञान् अत्यन्त न्यून छ ।’ महिलाहरूलाई डिजिटल बैंक कारोवार गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना व्यवस्थापक बजचार्यले बताइन् । उनले यस किसिमको कार्यक्रम बैंक मातहत रहेका सबै महिला समूह माझ लैजाने बताइन् ।

कार्यक्रमका सहभागहिरुलाई महालक्ष्मी विकास बैंक पालुङ शाखाका कर्मचारीहरुले सहजीकरण गर्दै प्रयोगात्मक अभ्यास समेत गराएका थिए । कार्यक्रममा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी