मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा सोतो रंङको पुतली छ्पछ्याप्ती देखिन थालेको छ । आजभोलि मानिसहरु खेतबासीको काममा व्यस्थ हुन थालेका छन् । ति पुतलीहरु पनि खेतबारीका घाँस तथा बालीको पातहरुमा समेत बसेका भेटिन्छन् ।

यो सेतो पुतली खतरनाक मानिन्छ । यो पुतलीको झुस आँखामा पर्न गए दृष्टिविहीन हुन सक्ने जोखिम हुन्छ । घर बाहिर बालिने बत्तीमा पनि यो पुतली झुम्मिन आउाछन् । किसान र बालबालिका यो पुतलीबाट अति जोखिममा छन् । पुतलीलाई छुने तथा उडाउने गरेमा उसले आँखामा छोइदिन सक्छ । त्यसैले यसबाट टाढै राख्नुपर्छ ।
नेपालकै संखुवासभामा यस पुतलीबाट मानिसको आँखामा असर गरेको घटना तीन महिनाअघि सार्वजनिक भएको थियो ।

यो पुतली एउटा वर्ष देखिने र अर्काे वर्ष नदेखिने हुन्छ । पालिका प्रेसका फोटो पत्रकार गणेश विष्टले थाहानगरमा कैद गरेका सेता पुतलीका फोटोहरू ।

गणेश विष्ट
थप जानकारी