बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा एकै पटक ६३ जना कर्मचारी माग गरिएको छ । १३ जेठमा नागरिक दैनिकमा सूचना जारी गर्दै मन्त्रालयले ६३ जना कर्मचारी माग गरेको हो । करारमा नियुक्त गर्नेगरी एकै पटक यतीका धेरै कर्मचारी माग गरिएको हो ।

मन्त्रालयले अधिकृत सातौ स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ । अरु सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी मात्र गरिएको छ । मन्त्रालयले पशुसेवा अधिकृत सातौ स्तरका २० जना, कृषि विकास अधिकृत सातौ स्तरका १० जना र पशुस्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौका ३३ जनालाई नियुक्तगर्नेगरी माग गरिएको हो ।

प्रदेशको मन्त्रालय, निर्देशनालय र जिल्ला स्तरका कार्यालयमा पशु र कृषि प्राबिधकको अभाब भएकाले नियुक्त गर्नेगरी प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए । अहिले बढ्दै गएको बर्डफ्लु नियन्त्रण, कृषि क्षेत्रमा प्राविधिक कर्मचारी नहँदा परेका समस्या समाधान गर्नका लागि किसानका सेवालाई प्रभावकारी बनाउने उदेस्यले प्राविधिक कर्मचारी भर्ना गर्न लागिएको उनले बताए ।

कृषि र पशु प्राबिधिकको अभाबमा काम गर्नका लागि समस्या भएकाले सूचना निकालेर भर्ना प्रक्रिया थालनी गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए । अहिले भयाबह हुँदै गरेको बर्डफ्लु नियन्त्रण गर्नका लागि प्राबिधिक कर्मचारी अभाब हुँदा समस्या भइरहेको छ ।

प्रदेशको मन्त्रीपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ६३ जनाको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेसंगै कर्मचारी नियुक्त गर्ने बाटो खुलेको थियो । कृषि र पशुपन्छीका क्षेत्रमा काम गर्नका लागि कर्मचारी अभाबका कारण समस्या भएकाले नियुक्त गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा पशु र पन्छी पालनका क्षेत्रमा महामारी जन्य रोगहरु देखापरेकाले यसको नियन्त्रणका लागि पनि सहज हुने भएकाले कर्मचारी नियुक्त गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी