मकवानपुरको थाहानगर दामन–सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट संचालनमा आउने भएको छ । पर्यटकीय क्षेत्र थाहानगरमा रहेको उक्त तारे होटल संचालनमा आउने भएपछि स्थानीय पर्यटन व्यवसायीहरु खुशी भएका छन् ।

पश्चिम भारत केरलाबाट नेपाल भ्रमण आएका विदेशी पर्यटकको रिसोर्टमा निसास्एिर मृत्यू भएपछि २०७६ फागुन २६ बाट रिसोर्ट बन्द भएको थियो । चिसोका कारण कोठा ततनाउन बालिएको गार्डेन ग्याँस हिटरको तापले निसास्दिा ८ जनाको मृत्यू भएको थियो ।

तीनवर्षदेखि बन्द रहेको रिसोर्टलाई पुनः संचालनमा ल्याउनका लागि अहिले मर्मतसंभारका कार्यहरू संचालन भैरहेको रिसोर्टका एक कर्मचारी नितेश अमात्यले जानकारी दिए । रिसोर्टको मर्मत संभारका साथै अब समयानुकुल नयाँ ढंगले संचालन गरिने अमात्यले बताए । रिसोर्ट परिसरमा पर्यटकलाई आकर्षण गर्नका लागि जिप लाइन समेत संचालन ल्याउने रिसोर्ट व्यवस्थापनले जनाएको छ ।

त्यस्तै ए.टि.भि.मोटरबाइकै दोहोरी साँझ, नेपाली मौलिक परिकारहरु र अन्य मनोरञ्जनात्मक शैलीमा रिसोर्ट संचालनमा आउने बताइएको छ । रिसोर्ट वि.सं.२०४९ साल स्थापना भई संचालनमा आएको थियो ।

पालिका प्रेस
थप जानकारी