मकवानपुरका पालिकाहरुका लागि संघीय सरकारले उपलब्ध गराउने वित्तिय समानीकरणको बजेट वृद्धि भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि मकवानपुरका दशवटै पालिकालाई दिने बजेटमा वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका १० स्थानीय तहका लागि १ अर्ब ३३ करोड १४ लाख रहेको थियो भने आगामि आर्थिक वर्ष २०७९/०८० का लागि ७ करोड ५२ लाख रुपियाँ वृद्धि भई १ अर्ब ४० करोड ६६ लाख रुपियाँ पुगेको छ । मकवानपुरमा आगामि आर्थिक वर्ष सबै भन्दा बढि हेटौंडा उपमहानगरपालिकाले ३५ करोड ७५ लाख रुपियाँ वित्तिय समानीकरण अनुदान पाएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ८ करोड १० लाख रुपियाँ पाउने भएको छ ।

हेर्नुहोस् सबै पालिकाको समानिकरण बजेटः

दिनेश दर्पण
थप जानकारी