मकवानपुरका स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारबाट पाएको बजेट मध्यै ९० प्रतिशतभन्दा बढि चालु शीर्षकमा रहेको छ ।

जिल्लाका १० पालिकाहरुका लागि प्राप्त ४ अर्ब २९ करोड ३९ अर्ब मध्ये ३ अर्ब ९० करोड ४ लाख रुपियाँ अर्थात ९०.८३६ प्रतिशत बजेट चालु शीर्षकका रहेका छन् । बाँकी ३९ करोड ३५ लाख रुपियाँ मात्र अर्थात ९.१६४ प्रतिशत बजेट पुँजीगत शीर्षकमा रहेका छन् ।

जिल्लाका पालिकाहरुले संघीय सरकारबाट प्राप्त बजेटका प्रतिशतका आधारमा हेटौंडा उपमहानगर पालिकाले सबैभन्दा कम २.५५३ प्रतिशत पुँजीगत खर्च पाएको छ भने सबैभन्दा बढि भिमफेदी गाउँपालिकाले १४.२१७ प्रतिशत बजेट पुँजीगत शीर्षकमा पाएको छ ।

त्यस्तै थाहा नगरपालिकाले १०.११३ प्रतिशत बजेट पुँजीगत शीर्षकमा पाएको छ । इन्द्रसरोवर गाउापालिकाले १२.८७०, कैलाशले १०.१५६, बकैयाले ७.५५२, बागमतीले १३.०९५, मकवानपुर गढीले १३.८९३, मनहरीलेले ११.४३१ र राक्सिराङ गाउँपालिकाले १०.१५५ प्रतिशत बजेट पुँजीगत शीर्षकमा पाएको छ । संघीय सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटमा यसरी पालिकाहरुलाई बजेट पठाएको हो ।

सरकारले वर्षेनी चालु खर्च घटाएर पुँजीगत विनियोजन तथा खर्च बढाउने भनेपनि आगामि आर्थिक वर्षमा यो सवालको कार्यान्वयन फितलो देखिएको छ । त्यसोत पालिकाहरुलाई पठाईने सशर्त अनुदान घटाउँदै समानीकरण अनुदान बढाउने दर पनि झिनो मात्रामा मात्र कार्यान्वयन भएको बजेट पुस्तिकामा उल्लेख छ ।

दिनेश दर्पण
थप जानकारी