मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारबाट ४५ करोड ८८ लाख रुपियाँ बजेट पाएको छ ।

पालिकाले समानिकरण अनुदान १४ करोड ३६ लाख रुपियाँ, सशर्त अनुदान २९ करोड ७२ लाख, विशेष अनुदान १ करोड र समपुरक अनुदान ८० लाख रुपियाँ पाएको छ । पालिकाले पाएको कुल बजेट मध्ये ४१ करोड २४ लाख पुँजीगत शीर्षकमा र ४ करोड ६४ लाख रुपियाँ पुँजगित शीर्षकमा पाएको छ ।

यस बाहेक पालिकाले आन्तरिक स्रोत र बागमती प्रदेशबाट प्राप्त गर्ने समानीकरण, सवारी साधन कर, विशेष अनुदान र समपुरक अनुदान समेत प्राप्त गरी बजेट निर्माण गर्नेछ । थाहा नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब बढि बजेट रहेको छ ।

दिनेश दर्पण
थप जानकारी