मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारबाट २३ करोड ६२ लाख रुपियाँ बजेट पाएको छ ।
पालिकाले समानिकरण अनुदान ८ करोड १० लाख रुपियाँ, सशर्त अनुदान १२ करोड ९७ लाख, विशेष अनुदान १ करोड ५ लाख र समपुरक अनुदान १ करोड ५० लाख रुपियाँ पाएको छ । पालिकाले पाएको कुल बजेट मध्ये २० करोड ५८ लाख पुँजीगत शीर्षकमा र ३ करोड ४ लाख रुपियाँ पुँजगित शीर्षकमा पाएको छ ।
यस बाहेक इन्द्रसरोवरले आन्तरिक स्रोत र बागमती प्रदेशबाट प्राप्त गर्ने समानीकरण, सवारी साधन कर, विशेष अनुदान र समपुरक अनुदान समेत प्राप्त गरी बजेट निर्माण गर्नेछ । इन्द्रसरोवर मकवानपुरको सबैभन्दा कम क्षेत्रफल भएको पर्यटकीय पालिका हो । इन्द्रसरोवरमा ५ वटा वडा रहेका छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्