फाइल फोटो

सरकारले नेपालमा दर्ता भएका रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ ।

पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को स्तरमा कायम छन् । यो स्तरमा पछिल्लो दुई वर्षयता नयाँ रिसोर्ट थप भएका छैनन् । सरकारले गोकर्ण र चन्द्रागिरिलाई २०७७ सालमा लक्जरी रिसोर्टको मान्यता दिएको थियो । पर्यटन विभागका अनुसार गोकर्ण र चन्द्रागिरि दुवैमा १००/१०० कोठा रहेका छन् । गोकर्णले २४५ र चन्द्रागिरिले १५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

तीन वटा रिसोर्टले पाए डिलक्स

विभागका अनुसार देशभर तीन वटा रिसोर्टले डिलक्स रिसोर्टमा वर्गीकृत बनेका छन् । विभागका अनुसार बनेपास्थित आगन्तुक रिसोर्टले २०७७ सालमा डिलक्स मान्यता पाएको थियो ।

पछिल्लो पटक २०७८ साल चैतमा सरकारले कास्कीको बरपीपल रिसोर्ट र कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्टलाई डिलक्स रिसोर्टमा सूचीकरण गरेको हो । आगन्तुक रिसोर्टमा ७०, बरपीपलमा ४७ र लुम्बिनीमा ६२ वटा कोठा छन् । यी रिसोर्टले क्रमशः १२०, ३५/३५ जनालाई रोजगारी दिएका छन् ।

साधारण रिसोर्टमा १ सय ९ वटा

सरकारले देशभर सञ्चालनमा रहेका रिसोर्टमध्ये १ सय ९ वटा रिसोर्टलाई भने साधारण रिसोर्टमा वर्गीकरण गरेको छ । विभागले अघिल्लो महिना (१४ वैशाख २०७९)मा कास्कीको सपना रिलेज रिसोर्टलाई सूचीकृत गरेको छ ।

विभागका अनुसार धुलिखेलको धुलिखेल माउन्टेन रिसोर्टदेखि सोलुखुम्बुको खुम्जुङस्थित एभरेष्ट शेर्पा रिसोर्टसम्म यो सूचिमा वर्गीकृत बनेका छन् । काठमाडौं, चितवन, काभ्रे र कास्कीका धेरै रिसोर्टहरु सरकारको वर्गीकरणमा अटाएका छन् ।

विभागका अनुसार पछिल्लो समय कपिलवस्तु, बर्दिया, मुस्ताङ, बागलुङसहितका जिल्लामा रिसोर्ट स्थापना हुने क्रम बढेको छ । सरकारले पछिल्लो समय होटेल र रिसोर्टलाई छुट्टाछुट्टै वर्गीकरण गर्न थालेको छ । तोकिएको मापदण्ड पूरा गरेका रिसोर्टहरुको स्थलगत अनुगमनपछि यस्तो सूचीमा राख्ने प्रावधान रहेको छ ।

साधारण रिसोर्टहरुको सूचीः

 

पालिका प्रेस
थप जानकारी