जेठ महिनाको मध्ये भएसंगै मकवानपुर थाहानगरका किसानहरु आलु खन्नमा ब्यस्त भएका छन । आलु खेती थाहा नगरपालिकाको मुख्य तरकारी खेतीको रुपमा रहेको छ । थाहा नगरपालिकाको अधिकांश स्थानहरुमा गरिने आलु खेती नै थाहा नगरपालिकाका किसानहरुको आम्दानीको मुख्य खेतीको रुपमा रहेको छ ।

थाहा नगरपालिकालाई आलुको पकेट क्षेत्रको रुपमा समेत चिनिन्छ । बर्ष भरिको जिविका चलाउनको लागि यो सिजनमा आलुको बिक्रीबाट गरिएको आम्दानीको नै प्रमुख भुमिका हुने गर्दछ । गरिबीको कारण जीवनस्तरमा समस्या भोगीरहेको बेला आलु खन्ने सिजन सुरु भएपछि थाहाका किसानहरु आफ्ना काम र ब्यस्ततालाई आलु खन्नमा ब्येतित गरिरहेका छन । हाल थाहा नगरपालिकाका खेत तथा बारीहरुमा हेर्ने हो भने जताततै किसानहरु आलु खन्ने काममा ब्यस्त देखिन्छन् ।

करिब ६ महिनाको समयमा उत्पादन हुने आलु पुस तथा माघमा रोप्ने गरिन्छ भने आलु खन्ने मुख्य समय भने जेठ महिनाबाट सुरु हुने गर्दछ । थाहामा उत्पादन हुने तरकारीहरुको अधिकाशं हिस्सा आलुले ओगट्ने गर्दछ । आलु नै थाहानगरको मुख्य तरकारी भए पनि थाहामा उत्पादन भएको आलुको बजार ब्यवस्थापनको लागि थाहा नगरपालिकाले उचित ब्यवस्थापन गर्न भने सकेको छैन । आलु भण्डारको लागि कोल्डस्टोर निर्माण थालिए पनि पूरा हुन सकेको छैन ।

हेर्नुहोस फोटो फिचर:

 

 

पालिका प्रेस
थप जानकारी