मकवानपुर थाहा नगरपालिकामा निर्वाचित नव जनप्रतिनिधिहरुलाई थाहा होटल एशोसियशन मकवानपुरले २१ जेठमा बज्रवाराहीको ओम अध्याय रिसोर्टमा एक कार्यक्रम शुभकामनासहित बधाई दिएको हो ।

कार्यक्रमको अवसरमा थाहा होटल एशोसियशनका सदस्यहरुले नगरले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्न सुझाए । ॐ अध्याय रिसोर्टका संचालक अर्जुन ठकुरीले प्रश्न गर्दै भने–‘नगरले पर्यटन सम्बन्धि नारालाई कत्तिको सार्थक तुल्यायो ?’ थाहामा घुम्न आउनेहरुलाई ग्राहकको रुपमा नहेरी पर्यटकका रुपमा बुझ्नुपर्ने ठकुरीले बताए । पर्यटन आगमनको लागि चाहिने बाटो, पानी, बत्तीजस्ता भौतिक सुविधा र विकासका पुर्वाधारमा सम्पन्न भएमात्र पर्यटन व्यवसायीलाई लाभ हुने बताउ । उनले १२ वडाको वडा प्रोफाइल बनाएर कृषि हुने वडामा कृषिलाई प्राथमिकता दिने र पर्यटनको संभावना भएको वडालाई पर्यटन विकासमा जोड दिन आग्रह गरे ।

नव निर्वाचित तथा निवर्तमान जनप्रतिनीधिहरुको समेत सहभागीता रहेको कार्यक्रममा थाहाको होटल व्यवसायहिरुले बिजुली र टेलिकमको सेवाबाट दुःख पाएको बताउदै आफुले मासिक ७० हजार बिजुलीको बिल तिर्दा पनि एकलाखको डिजलमा खर्च भैरहेको बताउदै बिजुली बत्तीको नियमितताको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
थाहानगरमा पर्यटन प्रवद्र्धन गर्न पर्यटक प्रहरी, पर्यटक सुचना केन्द्र, पर्यटन सवारी साधन, भाडामा एकरुपता बनाउदै इन्टरनेट सेवा, पर्यटक सुरक्षा, फोहोर व्यवस्थापन, पर्यटकीय बाटोको पहिचान र स्तरोन्नति, छिमेकी पालिकासंग पर्यटकीय फाइदा लिने, साना ठुला पर्यटक व्यवसायका लागि लगानी सम्मेलन गर्ने, पर्यटन व्यवसायीहरुको लागि तालिमको व्यवस्थापन लगायतको काम गर्न कार्यक्रमका सहभागहिरुले जोड दिए । उनीहरुले दामन भ्यु टावरलाई व्यवस्थित गर्ने, खानेपानीको मुल पहिचान गर्ने, नीति तथा कार्यक्रममा नगरको एकीकृत पर्यटन विकासको नीति ल्याउनुपर्ने, पुर्वाधार निर्माण गर्दा पर्यटन मैत्री तथा इतिहास, सस्कृती संरक्षण गर्न समेत सुझाव दिएका थिए ।

कार्यक्रममा होटल एशोसियशनले उठाएको सवालहरुमा निवर्तमान नगर प्रमुख लवशेर विष्टले सम्बोधन गरे । उनले भने–‘मेरो कार्यकालमा पर्यटन सम्बन्धि थुप्रै काम भएको छ । कतिपय योजनाहरु पूरा हुनेक्रममा छन्, त्यसलाई अबका जनप्रतिनीधिहरुले पूरा गर्नुहुन्छ ढुक्क हुनुस् ।’ कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’ले थाहानगरको मुल आधार नै कृषि र पर्यटन भएकोले दुवैको विकास गर्न आफू र सबै जनप्रतिनीधि तयार रहेको बताए । नगर प्रमुख विष्टले सरोकारवालाहरुसंगको राय तथा सुझावलाई आत्मसाथ गर्दै पर्यटन व्यवसायीले दियको सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपालीले यसअघिका जनप्रतिनिधिहरुको सल्लाह तथा थाहाका पर्यटन व्यवसायीसंगको सहकार्यमा नै आफुहरु अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नगरको योजना तर्जुमाको पूर्व सन्ध्यामा यस किसिमको कार्यक्रम राखेर सुझावहरु दिएकोमा गोपालीले पर्यटन व्यवसायीहरुलाई धन्यवाद दिए । थाहा नगरपालिकाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको कार्यक्रममा होटल एशोसियशनका महासचिव उकेश केसीले संचालन गर्नुभएको कार्यक्रममा अध्याय रिसोर्टका संचालक अर्जुन ठकुरी, थाहा होटल एशोसियशनका उपाध्यक्ष माधव कार्की, थाहा होटल एशोसियशनका कोषाध्यक्ष सुमन विष्ट चित्लाङ अर्यानिक रिसोर्टका संचालक देवेन्द्र नेपाल, सदस्यहरू लगायतका सहभागीता रहेको थियो।

थाहा होटल एशोसियशनका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रमुख उपप्रमुख निर्वाचित वडा अध्यक्षहरुलाई सम्मान तथा स्वागत गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी