भुजेल जातीको किसानको जीवनस्तर उठाउन बागमती प्रदेश सरकारले बीउपुँजी उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेश सरकारले १ असारमा प्रस्तुत गरेको बजेट वक्तव्य मार्फत यस्तो घोषणा गरेको हो । प्रदेश सरकारले वनकरिया, सुरेल, हायु, बोटे, माझी, जिरेल, थामी चेपाङ र भुजेल जातीका किसानहरुका लागि यस्तो कार्यक्रम ल्याएको हो । यि जातीका किसानहरुको जीवनस्तर उकास्न कृषि शिक्षा र बीउपुँजी उपलब्ध गराउने भएको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

प्रदेश सरकारले एकल महिलाद्वारा संचालित कृषि फर्म र उत्पादनमुलक कार्यक्रमलाई पनि प्रोत्साहन गर्ने जनाएको छ ।

पालिका प्रेस
थप जानकारी