बागमती प्रदेशमा सांसद विकास कोष खारेज भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त कार्यक्रम नआएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले सांसदहरुको लागि कुनै पनि शिर्षकमा बजेट नआएको बताए । यसअघि सांसद विकास कोष हुँदै प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुको तजविजमा खर्च गर्नेगरी कार्यक्रम आउने गरेको थियो ।

चालु आर्थिक वर्षमा ‘सांसद विकास कोष’को नाम बदलेर ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ बनाएपछि सांसदहरुका लागि बजेट दिइएको थियो । बाग्मतीले यो आर्थिक वर्षमा २ अर्ब ४२ करोड रुपैयाँ यो कार्यक्रमका नाममा खर्चिँदैछ । प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ दिइएको थियो ।

यो आर्थिक वर्षमा भने सांसदहरुले बजेटको ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ ।

पालिका प्रेस
थप जानकारी