मकवानपुर थाहा नगरपालिकाको अगुवा किसानहरुका लागि एक दिने अगुवा कृषक तालिम सम्पन्न भएको छ ।

थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा विषाधी तथा कृषक समूह व्यवस्थापनको विषयमा तालिम भएको हो । तालिमका सहभागी किसानहरुलाई थाहा नगरपालिका कृषि विकास शाखा प्रमुख संजय तिवारी र कृषि प्राविधिक राजकुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।

कार्यक्रम आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम संचालन गरिएको कृषि विकास शाखा प्रमुख तिवारीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी