मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषि विकास अधिकृत चन्द्रकान्त चौधरी बागमती प्रदेशमै उत्कृष्ट प्राविधिकको रुपमा सम्मनित भएका छन् ।

पालिकाका कृषि विकास शाखा प्रमुख समेत रहेका चौधरीलाई बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा बागमती प्रदेशबाट उत्कृष्ट कृषि प्राविधिकको रुपमा सम्मान गरिएको हो ।

कृषि विभाग हरिहर भवन र नेपाल कृषि प्रसार समितिको आयोजनामा काठमाण्डौमा ३ र ४ असारमा संचालन भएको ‘प्रभावकारी कृषि प्रसार सेवा प्रवाहको लागि कृषि अनुसन्धान, प्रसार र शिक्षाको समन्वय र सवलीकरण’ विषयक कार्यशाला गोष्ठीको अवसरमा चौधरीलाई सम्मान गरिएको हो ।

सम्मानित भएपछि चौधरीले सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । उनले मकवानपुरगढीमा माटो परीक्षण प्रयोगशालादेखि किसान क्रेडिटकार्ड लगायत थुप्रै प्रभावकारी कार्यक्रम संचालन गर्दै आएका छन् ।

पालिका प्रेस
थप जानकारी