मकवानपुर थाहा नगरपालिकाको सबै १२ वटै वडामा रहने गरी प्राविधक कर्मचारीको व्यवस्था गरिने भएको छ । वडाको विकास निर्माणको कामलाई छिटो छरितो ढंगबाट संचालन गर्नका लागि प्राविधिक जनशक्तीको व्यवस्था गरिन लागेको पालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै उत्कृष्ट काम गर्ने वडालाई सूचक बनाई १५ लाखसम्मको कुनै एउटा योजना दिने पुरस्कार दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाबासीको सेवाको लागि नेपाल सरकारले दिएको कर्मचारीको दरबन्दी अनुसारका कर्मचारी बिषयगत शाखा र वडामा पदपुर्ति गर्ने पनि आगामि वर्षको नीति तथा कार्यक्रममा उललेख छ । जनगुनासो सुन्नका लागि पालिकाले नगर कल सेन्टर संचालन गर्ने, नगरपालिकाको संगठन संरचना पुनरावलोकन गर्ने, सबै वडा कार्यालयलाई सुविधा सम्पन्न बनाइने, उत्कृष्ट कार्य गर्ने कर्मचारी र शाखालाई मापदण्ड बनाई पुरस्कृत गर्ने, कर्मचारी र जनप्रतिनीधिहरुको क्षमता अभिवृद्धिको लागि तालिम, अध्ययन र अवलोकन भ्रमणको व्यवस्था गर्ने पालिकाको योजना रहेको छ ।

पालिकामा तिर्नुपर्ने कर तथा राजश्व अनलाइन माध्यमबाट घरमै बसेर तिर्न सकिने व्यवस्था गर्ने, कर्मचारीको वृत्ति विकास र नियमानुसार बढुवा गर्ने, करार कर्मचारीलाई समेत निमानुसार तलब वृद्धि र महंगी भत्ता उपलब्ध गराइने नीतिमा उल्लेख छ ।

नगरपालिका कार्यालयको प्रशासनिक तथा अन्य गतिविधिलाई अनलाइन र सफ्टवेयरमा आधारित प्रणाली अपनाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी